तपाईँ सुन्दै हुनुहुन्छः

प्राविधिक शिक्षा आजको आवश्यकता : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्राविधिक शिक्षा आजको मुख्य आवश्यकता रहेको बताउनुभएको छ ।  

लमजुङ, मस्र्याङ्दी गाउँपालिका—४ ताघ्रिङ, छापा गाउँमा रहेको प्रेम मिलन माध्यमिक विद्यालयको २९ औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा बोल्दै मन्त्री गुरुङले पुरानो र परम्परागत शिक्षा नीतिले अब शिक्षा नीति परिमार्जन गर्नुपर्ने बताउनुभयो । “सही शिक्षा नीति नहुँदा शिक्षामा लगानी बालुवामा पानी खनाए जस्तै भएको छ”, उहाँले भन्नुभयो,“शिक्षा नीति परिमार्जन गर्नु अहिलेको आवश्यकता हो ।”

अबको विद्यालय नीतिमा प्राविधिक, सिपमूलक शिक्षा अनिवार्य रहेकोमा जोड दिनुभयो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले अहिलेको सरकारले शिक्षा नीति ल्याउने तयारी गरेको बताउनुभयो ।  पुरानो शिक्षा नीति संशोधन गरेर अहिले संसदमा नयाँ शिक्षा विधेयक छलफलको क्रममा रहेको बताउनुभयो । उहाँका अनुसार शिक्षामा सरकारको बजेट खनाएको छ, तर राज्यको लगानी सन्तोषजनक  नरहेकोमा गुनासो व्यक्ति गर्नुभयो ।  अभिभावक, गाउँपालिका र स्थानीय तहले समेत व्यवहारिक शिक्षा बनाउनु जोड दिन आग्रह गर्नुभयो । 

पढेर विदेश पलायन हुने भन्दा पनि स्वदेशमै बसेर आत्म निर्भर हुन सक्ने शिक्षा दिन आवश्यक रहेको बताउनुभयो । त्यसको लागि सूचना प्रविधि मैत्री शिक्षा व्यवस्था अबलम्बन गराउन समेत उहाँले अनुरोध गर्नुभयो । “अबका बालबालिकाले कम्प्युटर चलाउन जानेनन् भने अशिक्षित हुन्छन्”, मन्त्री गुरुङले भन्नुभयो,“सूचना प्रविधिको क्षेत्र पढ्न सक्ने बनाउनुपर्छ ।” सरकारले अहिले नीति परिवर्तन गर्दै छ यस का साथै शिक्षामा सूचना प्रविधि मैत्री बनाउने प्रयास गरेको समेत उहाँले बताउनुभयो । 

उहाँले सरकारले ल्याएको अध्यादेशले जनताको हुने हितको बारेमा प्रष्ट पार्नुभएको थियो । जनताको सेवा नै अहिलेको सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो । अध्यादेश भनेको सरकार नचल्दा सरकारले लिएको कानुन हो । विपक्षले गरेको विरोध कुनै अर्थ छैन । जनताको तत्कालको समस्या समाधान गर्न अध्यादेश ल्याएको उहाँले धारणा राख्नुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button