तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

रुपन्देही । बुटवलको राजमार्ग चौराहमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

बुटवलबाट भैरहवा जाँदै गरेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई राजमार्ग चौराह चोकमा ठक्कर दिँदा चालकको मृत्यु भएको हो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार लु ९४ प ८५९४ को स्कुटरमा सवार यात्रुलाई ल २ ख ८८६ नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते स्कुटरमा सवार यात्रु बुटवल १० कालिका नगरका ७० वर्षीय धनबहादुर पुनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिएर भागेको ट्रक र चालक नवलपरासीका पूर्णबहादुर गुरौलाई तिलोत्तमा नगरपालिका ड्राइभर टोलबाट नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button