तपाईँ सुन्दै हुनुहुन्छः

एपीएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि

कास्की । सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । 

पोखरा रङ्गशालामा आज भएको फाइनल खेलमा एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलोपटक महिलातर्फको उपाधि जितेको हो ।

पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौँ सेटमा धकेलिएको थियो ।

पाँचौँ सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकाल्दै उपाधि चुम्न सफल रह्यो । आयोजक टोलीले पहिलो पटकमै उपाधि चुमेको हो । उपाधि जितेको टाइगर ग्रुपले पाँच लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्‍यो ।

फाइनलमा पराजित भएको एपीएफले दुई लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button