अज्ञात रोगले भेडा मर्न थालेपछि किसान चिन्तित
माघ । बाजुराको बुढिनन्दा नगरपालिका स्थित पाण्डुसेन क्षेत्रका जनजाति परिवारहरूले अछामको मङ्गलसेन, मेल्लेख, साँफेबगर, चौखुट्टे लगायत ठाउँमा चिसो छल्न र चरिचरनका लागि लगेका एक सय बढी भेडा मरेका छन् ।

अछामको मङ्गलसेन नगरपालिका–९ ओलीगाउँ क्षेत्रमा, अछामको मेल्लेख गाउँपालिकाको सरानी, साँफे नगरपालिकाको मार्कु, चौखुट्टे, श्री कोटलगायत ठाउँमा एक सय बढी भेडा मरेको भेडापालक किसान काशी बोगटीले बताउनुभयो ।
करिब तीन दिनको अवधिमा मेल्लेख गाउँपालिकाको सरानीमा पाण्डुसेनका काशी बोगटी, नरेन्द्र थापा, पेमा गुरुङलगायत ६ परिवारका ४० भन्दा बढी भेडा मरेको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहोराले बताउनुभयो ।
सयौँ सङ्ख्यामा भेडाहरू मरेपछि किसानहरू चिन्तित हुनुभएको छ । पशु चिकित्सकहरुका अनुसार भेडालाई पखाला लाग्ने, आँखा राता हुने, लिभरमा खराबी देखिएको छ ।
हिउँदमा जाडो छल्न र भेडाको चरिचरनका लागि अछाममा जाने पाण्डुसेनका जनजाति परिवारहरू धमाधम भेडा मर्न थालेपछि ठुलै नोक्सानी व्यहोर्न बाध्य भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्