तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा समिति बैठक : दशरथ चन्द विश्वविद्यालय विधेयकमाथि दफावार छलफल सुरु

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयकमाथि दफावार छलफल सुरु भएको छ । 

समितिको आज बसेको बैठकले विधेयकको दफा एक देखि पाँचसम्म छलफल गरी सहमति जुटाएको छ । 

विधेयकको प्रस्तावनामा भने दफावार छलफल सकिएपछि अन्तिममा छलफल गरिने सहमति भएको समिति सभापति अम्बरबहादुर थापाले जानकारी गराउनुभयो । 

दफावार छलफलमा सासदहरुले सुदूरपश्चिमको कैलालीमा स्थापना हुने विश्वविद्यालय स्वायत्त हुनुपर्ने, सर्वसुलभ शुल्कमा सर्वसाधारणले चिकित्सा शिक्षा अध्ययन गर्न पाउनुपर्ने र गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्ने कुरा विधेयकमा समेटिनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button