तपाईँ सुन्दै हुनुहुन्छः

सालका काठसहितको पिकअप बरामद, चालक फरार

बारा I बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं. ६, हेगौलीया स्थित भित्री सडक खण्डबाट प्रहरी चेकिङ्ग  टोलीले सालको काठ ओसारपसार गरिरहेको पिकअप गाडी बरामद गरेको छ । 

प्रहरी टोलीले नियमित चेकिङ्ग गर्ने क्रममा सिसवाबाट हेगौलिया तर्फ जाँदै गरेको मधेश प्रदेश २–०३–००१ च ४१७१ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा चालक गाडी छोडी फरार भएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिनुभयो । 

ईलाका प्रहरी कार्यालय बारागढीले सो पिकअप सहितको चिरान काठलाई कोल्हबी सब डिभिजन कार्यालयमा जिम्मा लगाएको छ । प्रहरी टोलीले गाडी जाँच गर्दा गाडीमा सालको काठ ३९ थान ३७.३१ क्यूफिट फेला पारेको डिभिजनल अधिकृत झाले जानकारी दिनुभयो । काठ प्लास्टिकको त्रिपालले छोपेर राखिएको अवस्थामा भेटिएको थियो । बरामद गरिएको काठलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही भईरहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ । डिभिजनल बन अधिकृत झाले फरार भएका चालकको खोजी कार्य तीव्र पारिएको बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button