तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्र स्थापनामा कोशी प्रदेशको भूमिका महत्त्वपूर्ण : सभामुख घिमिरे

मोरङ । सभामुख देवराज घिमिरेले मुलुकमा निरङ्कुशतालाई अन्त्य गरी लोकतन्त्रको स्थापनामा कोशी प्रदेशका जनता र राजनीतिक दलका भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

प्रगतिशील लेखक संघ नेपाल र भुँडी पुराण प्रकाशन काठमाडौँद्वारा आज विराटनगर आयोजित स्रष्टा जीवन घिमिरेद्वारा लिखित ‘कमरेड हिजो र आज’ पुस्तक कृतिको लोकार्पण गर्दै उहाँले सङ्घीय लोकतन्त्रको स्थापनामा राजनैतिक शक्तिको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो ।

समाजमा रहेका कुरीतिलाई निर्मूल बनाउँदै समुन्नत समाजको निमार्णमा प्रगतिशील लेखक संघ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले संविधान निमार्ण भएसँगै सङ्घीयता कार्यान्वयनमा आइ सकेकाले अव राष्ट्रिय उत्पादन वृद्धि गर्ने योजनाको कार्यान्वयनमा गर्ने दिशातर्फ स्रष्टाहरू उन्मुख हुनुपर्ने बताउनुभयो ।

नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सङ्घीय गणतन्त्रलाईलाई बलियो बनाउनेतर्फ सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

पुस्तकका लेखक एवं नेकपा एमाले मोरङ इन्चार्ज जीवन घिमिरेले प्रजातन्त्र र एवं लोकतन्त्र स्थापनाका लागि लागेको आन्दोलनमा झापा, मोरङ र सुनसरी जिल्लामा आफूसँग सम्बन्ध जोडिएका चार सय पात्रहरूको विवरण पुस्तकमा समावेश गरिएको बताउनुभयो ।

कार्यक्रममा चन्द्र भण्डारी, निर्मला कोइराला, प्रा.डा. रमेशप्रसाद भट्टराई, विमला दाहाल घिमिरेले पुस्तकको समीक्षा गर्नुभएको थियो ।

सो अवसरमा सभामुख घिमिरेले नेकपा एमालेका उपाध्यक्ष शाक्यसहित १२ जना राजनैतिक व्यक्तित्वलाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button