तपाईँ सुन्दै हुनुहुन्छः

युवा शक्तिलाई स्वदेशमा नै उद्यमी बनाउने वातावरण बनाउन जरुरी : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले युवा पुस्तामा उद्यमशीलताको विकास गरेर स्वदेशमा नै काम गर्ने वातावरणको निर्माणमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका हुनुपर्ने बताउनुभएको छ ।

oplus_2

मुख्यमन्त्री सिंहले नविल बैङ्क तथा मोनाष्टिक विद्यालयको सहकार्यमा जनकपुरधाममा शुरु भएको सामाजिक उद्यमशीलता सम्बन्धि प्रमाणपत्र तहको पठन पाठनको शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै स्वदेशमा आफ्नै संस्कृति, संस्कार तथा माटोमा बसेर काम गर्दा युवा पुस्ताले गर्भको अनुभूति गर्न जरुरी रहेको बताउनुभयो । विदेशमा कमाएर पठाएको रकम विलासितामा बढी खर्च भइरहेको भन्दै उहाँले ती रकम सङ्कलन गरी उद्योगको विकासमा खर्च गर्न आवश्यक भएको बताउनुभयो ।

नविल बैङ्कका अध्यक्ष उपेन्द्र पौडेलले निजी बैङ्कले केवल नाफा कमाउनका लागि लगानी नगरेर देशको समृद्धि र विकासका लागि गर्ने गरेको बताउँदै ऊर्जा तथा सिमेन्टको क्षेत्रमा गरेको लगानी त्यसको उदाहरण भएको बताउनुभयो ।

नेपाल राष्ट्र बैङ्क मधेश प्रदेशका निर्देशक डिल्लीराम सुवेदीले नेपालबाट उद्यमी गर्ने उमेरका नागरिकहरू धेरै सङ्ख्यामा विदेश गएका कारणले देशका कतिपय क्षेत्रहरू प्रभावित हुन थालेको बताउँदै स्वदेशमा नै युवा शक्तिलाई उद्यमी बनाउन जरुरी रहेको बताउनुभयो ।

oplus_2

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले कोरोना महामारीपछि थला परेका जनकपुरधामका उद्योग व्यापार आजको दिनसम्म माथि उठ्न नसकेको बताउँदै युवा शक्तिलाई उद्यमी बनाउदै युवाले उत्पादन गरेको सामानको बजार व्यवस्थापन जरुरी रहेको बताउनुभयो ।

मोनाष्टिक विद्यालयका प्रबन्ध निर्देशक डा. सोनु साहले नेपाल तथा मधेश क्षेत्रमा ब्रेन ड्रेन निरन्तर रुपमा जारी रहेको बताउँदै यसलाई रोक्नका लागि उचित वातावरणको निर्माण गर्नका लागि विद्यालयले नविल बैङ्कसँग सहकार्य गरेर सामाजिक उद्यमशीलता सम्बन्धि पठन पाठन शुरु गरेको बताउनुभयो । उद्यमशीलता सीप सिक्नका लागि २५ जना विद्यार्थीहरू सहभागी सो पठन पाठनमा सहभागी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button