तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिलाई देखाएर विदेश जाने प्रवृत्ति बढ्दै गएको छ : उपप्रधानमन्त्री सिंह 

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिबारे गलत भाष्य निर्माण गर्न खोजिएको बताउनुभएको छ । 

विश्व निकेतन माविको ७९औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले पढाइ तथा अन्य क्षेत्रमा अब्बल भएकाका लागि प्रशस्त ठाउँ रहेको बताउनुभयो । “राजनीतिलाई देखाएर यहाँ केही हुँदैन भनेर विदेश जाने प्रवृत्ति बढ्दै गएको छ”, उहाँले भन्नुभयो । 

विश्व निकेतन मावि उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै देशका सबै विद्यालयका लागि नमूना बनेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । विद्यालयको स्थापनामा आफ्ना पिता गणेशमान सिंहको स्मृतिसमेत जोडिएको उल्लेख गर्दै उहाँले विद्यालयको उत्थानका लागि सक्दो सहयोग गर्दैआएको बताउनुभयो । 

विसं २००३ मा एउटा सत्तलबाट पठनपाठनको सुरुआत भएको उक्त विद्यालयले उत्कृष्ट शैक्षिक नतिजा दिँदै आएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button