माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु
जुम्ला । जुम्लामा माटोको ढिस्कोमा पुरिएर एक जना महिलाको मृत्यु भएको छ । घर लिपपोत गर्ने माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका–६ की अन्दाजी २५ वर्षीय बिमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।
चन्दननाथ नगरपालिका–४ स्थित मालाभिडमा रहेको माटी खानीमा माटो निकाल्दै गर्दा एक्कासी माटोको ढिस्को खसेपछि पुरिएर शनिवार दिउँसो करिब साँढे १ बजे मृत्यु भएको डिएसपी छेदिलाल कामतीले बताउनुभयो ।
मृतक बिमला सुनारका श्रीमान् हाल वैदेशिक रोजगारीको सिलसिलामा देशबाहिर रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्