तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको विकासमा दातृ निकायको भूमिका महत्वपूर्ण : उपाध्यक्ष पाण्डे

जनकपुरधाम । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासमा विश्व बैङ्क तथा एशियाली विकास बैङ्क सहितको अन्तर्राष्ट्रिय निकायको ठूलो योगदान भएको बताउनुभएको छ ।

oplus_2

मधेश प्रदेश सभाको सातौँ वार्षिकोत्सवको अवसरमा प्रदेश सभा सचिवालय जनकपुरधाममा आज आयोजित अन्तरक्रियामा उहाँले नेपालको विकासमा योगदान दिने अन्तर्राष्ट्रिय निकाय तथा राष्ट्रको सहयोग अहिलेको लागि अपरिहार्य भएको बताउँदै विश्वको भू–राजनीतिकको प्रभाव नेपाल जस्तो राष्ट्रमा पर्नु स्वभाविक भएको बताउनुभयो ।

उहाँले नेपालको कूल आम्दानीले साधारण खर्च गर्न मात्र पुग्ने भएकाले विकासको काम गर्नका लागि विदेशी अनुदान, विदेशी सहयोग तथा ऋण लिनुपर्ने नेपालको बाध्यता भएको बताउँदै नेपालको व्यापार घाटा कम गर्नका लागि विद्युत् ऊर्जाको विकास तथा भारतमा निर्यात सम्बन्धि सम्झौता महत्वपूर्ण भएको बताउनुभयो ।

मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमले प्रदेशको आर्थिक विकासका लागि मार्ग प्रशस्त गर्नुका साथै सङ्घको ध्यानाकर्षण गर्नमा मद्दत पुग्ने बताउनुभयो ।

अर्थ विद् प्राध्यापक डा. भोगेन्द्र झाले नेपालमा अर्थ राजनीतिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रदेश तथा देशको समृद्धि र विकासका लागि अर्थ राजनीतिक सन्तुलित रुपमा हुन आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button