नेपाली कांग्रेस संसदीय दलको बैठक माघ २४ मा पुनः बस्ने
काठमाण्डौ । नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकमा सांसदहरुले सरकारका काम कारवाही र अध्यादेशका विषयमा आ–आफ्नो धारणा राख्नुभएको छ ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम कुमार घिमिरेले आजको बैठकमा सांसदहरुले धारण राख्ने क्रम नसकिएकोले माघ २४ गते फेरि दलको बैठक बस्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार, २४ गते बस्ने बैठकमा सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले जवाफ दिनुहुनेछ । बैठक संसदीय दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेका हो ।
प्रतिक्रिया राख्नुहोस्