तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा पहिलोपटक सफलतापूर्वक कपाल प्रत्यारोपण 

नेपालगन्ज । नेपालगन्जमा पहिलोपटक कपाल प्रत्यारोपण गरिएको छ । नेपालगन्ज स्किन सेन्टरमा नेपालगन्जका दुई जना युवकको सफलतापूर्वक कपाल प्रत्यारोपण गरिएसँगै नेपालगन्जमा अब कपाल प्रत्यारोपण सेवा सुरु भएको सर्जन डा. अभिषेक अर्जेलले बताउनुभयो । कस्मेटिक डर्माटोलोजिष्ट समेत रहनुभएका अर्जेलको नेतृत्वमा नेपालगन्जका ३४ वर्षीय र ३५ वर्षीय पुरुषको सफलतापूर्वक कपाल प्रत्यारोपण गरिएको छ । डा. अर्जेलसँगै डा।सपना शर्मा, एनेस्थेसिस्ट डा.नवीन रेग्मी लगायतको टिमले सफलतापूर्वक कपाल प्रत्यारोपण गरेको 

हो ।

३४ वर्षीय पुरुषको १२ घण्टा लगाएर ५ हजार कपाल रोपिएको छ भने ३५ वर्षीय पुरुषको १० घण्टा लगाएर ३ हजार २ सय कपाल रोपिएको छ । ती बिरामीमा तालुको कपाल झर्ने वंशाणुगत समस्या थियो । मेडिकल भाषामा यसलाई ‘एन्ड्रोजेनेटिक अलोपेसिया’ भनिन्छ । पछिल्लो समय कपाल नभएका व्यक्तिहरूका लागि कपाल प्रत्यारोपण अर्थात् हेयर ट्रान्सप्लान्ट विकल्पको रुपमा आइरहेको छ ।

नेपालगन्जमा पनि कपाल प्रत्यारोपण सेवा सुरु गरिएसँगै कपालको रहर गर्नेहरूका लागि अब सहजता मिल्नेछ । कपाल प्रत्यारोपण सर्जन डा। अर्जेल कतिपय व्यक्तिको कपाल औषधिका माध्यमबाट रोक्न सकिने बताउनुहुन्छ। तर, केही गरी कपाल झर्न रोकिएन र तालु देखिने अवस्थामा भने प्रत्यारोपण गर्न सकिने उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button