तपाईँ सुन्दै हुनुहुन्छः

उमेर छदै सिप र दक्षता हासिल गर्न कलाकार हमालको सुझाव

पोखरा । कलाकार राजेश हमालले उमेर छदै सिप र दक्षता हासिल गर्न पोखराका युवालाई सुझाव दिनुभएको छ । गोरेटो कन्सल्टेन्सी पोखरा शाखाको बुधबार उद्घाटन गर्दै उहाँले उमेर छदै व्यक्तिले आफ्नो सिप र दक्षता हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखराका केही युवा वर्ग माझ आफ्नो भनाई राख्दै उहाँले समय परिवर्तनशील भएकोले समयमै हरेक व्यक्तिले आफु भोलि कस्तो बन्ने भन्ने विषयमा निर्णय लिँदै स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न सकिने जनाउनुभयो । परिवारको साथ भएको अवस्थामा आफूले चाहेको देशमा समेत जान सकिने राय व्यक्त गर्दै हमालले नेपालमा पनि उच्च शिक्षा हासिल गर्न विदेशबाट समेत नेपाल आउने गरेको दाबी गर्नुभयो ।

परिवारको सदस्य र आफ्नो स्वइच्छाले विदेश जान चाहेमा राम्रोसँग बुझेर आधिकारिक संस्थाबाट मात्र जानको लागि महानायक हमालको सुझाव थियो । उक्त कन्सल्टेन्सीका ब्राण्ड एम्बासडर समेत रहनुभएका उहाँले कस्तो सिप हासिल गर्ने हरेक व्यक्तिले आफ्नो बुद्धि विवेक अनुसार आफैले समयमै निर्णय लिनुपर्ने उल्लेख गर्नुभयो ।

गोरेटोको शाखा पोखरामा ल्याइएको सञ्चालक राजेन्द्र शर्माले बताउनुभयो । पोखराको चिप्लेढुंगा (महेन्द्र पुल) मा रहेको उक्त शाखाबाट क्यानडा सहितका देशमा उच्च शिक्षा हासिल गर्न सहजीकरण गर्ने भएको उहाँले जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button