एमाले संसदीय दलको बैठक जारी
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठक संघीय संसद् भवनको ल्होत्से हलमा जारी रहेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न संसदीय दलको बैठक बसेको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ । आउँदो माघ १८ गतेबाट संघीय संसद्को अधिवेशन सुरु हुँदै छ ।

प्रतिक्रिया राख्नुहोस्