६३ औं नर्सिङ दिवस: भविष्य नभएको भन्दै नर्सिङ जनशक्ति विदेशिने क्रम बढ्दो
काठमाडौँ । आज ६३औं नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रमहरूको साथ मनाइँदैछ। नेपाल नर्सिङ सङ्घको स्थापना २०१८ साल माघ १५ गते भएको थियो, र यसै दिन नर्सिङ दिवस मनाइन्छ।
नर्सिङ सङ्घकी अध्यक्ष चन्द्रकला शर्माले नेपालमा नर्सिङ पेसा व्यावसायिक रूपमा अघि नबढेको बताउँदै नेपालमा प्रत्येक वर्ष हजारौँ नर्स तयार भए पनि यसको व्यवस्थापनमा समस्या रहेको र नर्सिङ जनशक्तिको विदेश पलायन बढिरहेको बताउनुभएकाे छ ।
अध्यक्ष शर्माका अनुसार, नेपालमा नर्सिङ जनशक्ति विदेश जाने क्रम बढेकाले स्वास्थ्य क्षेत्रको प्रभाव पर्न सक्ने जोखिम रहेको छ। नर्सहरू विदेश जानको कारण कामको परिस्थिती, अधिक श्रम र कम तलब रहेको बताउनुभयाे।
नेपालका स्वास्थ्य संस्थामा नर्सिङ जनशक्ति कम भइरहेको र काम गर्न इच्छुक व्यक्तिहरूको सङ्ख्या घटिरहेको स्थिति चिन्ताजनक बनेको छ। नर्सिङ सङ्घका अनुसार, यदि विदेश पलायन रोक्न सरकार नीतिगत सुधार नगरेमा चुनौती अझै बढ्न सक्नेछ।
नर्सिङ काउन्सिलको तथ्याङ्कअनुसार, मङ्सिरसम्म दर्ता भएका नर्सको सङ्ख्या एक लाख २१ हजार छ, तर कार्यरत नर्सहरूको सङ्ख्या ५० हजार ५ सय मात्र हो।







प्रतिक्रिया राख्नुहोस्