तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा १३ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

अछाम । सरकारले अभियानका रुपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप अभियान अन्तर्गत अछाममा १३ हजार ९ सय २१ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ ।

जिल्लाका ९१ वटै वडामा रहेका १ सय ६१ वटा विद्यालय र ९७ वटा विद्यालय भन्दा बाहिर स्वास संस्थामा गरि २ सय ५८ खोप केन्द्र सञ्चालन गरि खोप लगाइने भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय अछामले आयोजना गरेको एचपिभी खोप अभियान तथा समग्र स्वास्थ्य अवस्था सम्बन्धि पत्रकार सँगको अन्तरक्रिया कार्यक्रममा अभियानको बारेमा जानकारी गराइएको थियो । यहीँ माघ २२ गते देखि २६ गते सम्म जिल्ला भरका १० देखि १४ बर्ष सम्मका किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय अछामका निमित्त कार्यालय प्रमुख दिपेन्द्र जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button