‘दलीय राजनीतिमा प्रवेश गर्ने विषयमा सोचेको छैन’
विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दलीय राजनीतिमा लागेर जिम्मेवारीको पद लिने विषयमा आफु प्रवेश नगरेको बताउनुभएको छ ।

सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले दलीय राजनीतिमा प्रवेश गर्ने कुरा समाज र साथीहरूको छलफलको विषय भए पनि त्यसमा आफूले कुनै छलफल नगरेको र त्यो समय आई नसकेको प्रष्ट पार्नुभयो ।
पूर्व राष्ट्रपति भण्डारले राष्ट्रको आवश्यकताले खोजी गरे भोलिको विषय हो भन्नुहुँदै अहिले नै दलीय राजनीतिमा प्रवेश गर्ने आफूले नसोचेको बताउनुभयो ।
एक प्रश्नमा उहाँले राष्ट्रपति प्रणाली र राष्ट्रपति पद भनेको गैर राजनीतिक पद होइन भन्नुहुँदै तर अहिलेको अवस्थामा आफ्नो मुख्य जिम्मेवारी समग्र राष्ट्रको हितका लागि काम गर्नु रहेको बताउनुभयो ।
उहाँले मुलुकको राष्ट्रिय एजेन्डा र हितका लागि सबै राष्ट्रिय राजनीतिक दलहरूलाई आफ्नो सक्दो सहयोग रहने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्