तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराका ७ हजार बढी किशोरीहरूलाई एचपिभी खोप लगाइँदै

बाजुरा । महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभीे खोप बाजुराका ७ हजार बढी किशोरीहरूलाई लगाइने भएको छ । स्वास्थ्य कार्यालय बाजुराले जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीहरूसँग अभिमुखीकरण कार्यक्रम गरि जिल्लाभर ७ हजार ८ सय ९४ जना किशोरीहरूलाई एचपिभीे खोप लगाइने जनाएको हो। स्वास्थ्य कार्यालय बाजुराका अनुसार जिल्लामा यहीँ माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने एचपिभीे खोप अभियानमा विद्यालय जाने ७ हजार ८ सय ६० र विद्यालय  बाहिर रहेकी ३४ किशोरीहरूलाई खोप लगाइने भएको छ ।

जसमा कक्षा ६ का १ हजार ६ सय ३८, कक्षा ७ देखि १० सम्मका ६ हजार २ सय २२ र विद्यालय नजाने १० बर्ष उमेरका ५ जना तथा ११ देखि १४ बर्षसम्मका २९ जना किशोरीहरू रहेकी स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख लालबहादुर खड्काले बताउनुभयो।

जिल्ला स्थित ९ वटै स्थानीय तहका १ सय १८ विद्यालय तथा ९१ अन्य खोप केन्द्रबाट खोप लगाइने भएको छ भने खोप अभियानमा २ सय १० जना स्वास्थ्यकर्मी र ४ सय १८ स्वयंसेवक खटिने भएका छन्। स्वास्थ्य कार्यालय बाजुराका अनुसार एच।पी।भी। खोप अभियान जिल्लामा शतप्रतिशत प्रतिशत नै पुर्‍याउने लक्ष्य रहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button