खजुरामा एचपिभी खोप लगाउने तयारी पुरा, ५ हजार ८ सय ७२ जनालाई लगाइँदै
बाँके। पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाउन लागिएको एचपिभी खोप अभियानलाई प्रभावकारी रुपले सञ्चालन गर्न खजुरा गाउँपालिकाले आवश्यक तयारी पुरा गरेको छ । सरकारको राष्ट्रिय अभियान अन्तरगत यही माघ २२ गतेदेखी देशभर खोप लगाईदैछ ।
खजुरा गाउँपालिकाले पनि सोही अभियान अनुसार माघ २२ गतेदेखी फागुन १ गतेसम्म खोप लगाउने तयारी गरिरहेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीले जानकारी दिनु भयो । उहाँका अनुसार गाउँपालिकाभर ५ हजार ८ सय ७२ जना बालिका तथा किशोरीलाई उक्त खोप लगाइदैछ ।
गाउँपालिकाले कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने तथा बिद्यालय बाहिर रहेका १० वर्षदेखी १४ वर्ष उमेर सम्मका बालिका तथा किशोरीलाई खोप लगाउन लागेको शाखा प्रमुख केसीले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्