तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा जीप दुर्घटना: २ जनाको मृत्यु, ४ घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–१ माँडौमा शनिवार बिहान जीप दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। 

सुपप्र ०१००१ च ४०२८ नम्बरको जीप सडकबाट अन्दाजी ५ सय मिटर तल खस्दा सिगास गाउँपालिका–१ इरानाका १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

दुर्घटनामा सिगासकै ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी, र १४ वर्षीया भागरथी धामी घाइते भएका छन्। गम्भीर घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

बिहान करिब ५ बजे जिप अनियन्त्रित भई दुर्घटना  भएको प्रहरी निरीक्षक  पाण्डेले बताउनुभयो।

जीपमा चालकसहित ८ जना सवार रहेका थिए। जीप चालक फरार रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button