तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेपलाञ्चोकको महाभारत सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आएन   

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । 

खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागोलागि भएको काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताउनुभयो ।   

नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी आगो नियन्त्रणको पहल गरिरहेको उहाँले जानकारी दिनुभयो । 

डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मङ्गलबार दिउसो २ः०० बजेबाट वनको भिर क्षेत्रबाट आगलागी सुरु भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button