तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार

कञ्चनपुर। कञ्चनपुरमा एक प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन्। सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले हिजो साँझ आफूले राइफलबाट गोली चलाएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीका अनुसार, साँझ साढे ८ बजेको समयमा ड्युटीका क्रममा उनले एसएलआर राइफलबाट आफैंमाथि गोली चलाएका थिए। गोली लागेर जवान बिष्ट गम्भीर घाइते भएका छन्।

उक्त घटनामा बिष्टलाई महाकाली अस्पतालमा सामान्य उपचारपछि धनगढी रेफर गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button