मुगुमा वर्षा पछि गहुँ र जौ बाली हराभरा, कृषकमा उत्साह
मुगु । लामो समयको खडेरी र पानीको अभावपछि आएको वर्षाले मुगु जिल्लाका कृषकहरूलाई ठूलो राहत दिएको छ। हालको वर्षापछि छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका खेतबारी गहुँ र जौ बालीले हराभरा बनेका छन्।
कृषक कुमबहादुर कार्कीका अनुसार, वर्षाले बालीको वृद्धि र उत्पादनमा सुधार ल्याउने ठूलो आशा जगाएको छ। लामो खडेरीले हिउँदे बाली जौ र गहुँ खेतमै सुक्ने अवस्थामा पुगेको थियो।
कृषक रामदेबी मल्लले वर्षा र हिमपातका कारण यस वर्ष बाली उत्पादनमा वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयाे। ढिलै भए पनि आएको वर्षाले मुगुका कृषकलाई राहत दिएको र खेतीको अवस्थालाई सकारात्मक दिशामा अघि बढाएको स्थानीय कृषकहरूले बताएका छन्।
प्रतिक्रिया राख्नुहोस्