अनुदानमा कृषि औजार वितरण
गुल्मी । कृषि उपजको उत्पादन वृद्धि गर्न गुल्मीको रेसुङ्गा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण कृषकलाई वितरण गरेको छ ।
नगरपालिकाले हाते ट्र्याक्टर ८ वटा, पावर स्प्रे ५ थान र प्लाष्ट्रिक टनेल २०० थान ७० जनालाई वितरण गरिएको कृषि शाखाले जनाएको छ ।
कृषकको मुख्य अभिभावक स्थानीय सरकार भएको अनुभूति रेसुङ्गा नगरपालिकाले देखाएको रेसुङ्गा नगरपालिका वडा नम्बर ६ का कृषक प्रेम नेपालीले बताउनुभयो ।
त्यस्तै आर्को रेसुङ्गा नगरपालिका वडा नम्बर १० का कृषक विनोद कुँवरले कृषि पेसामा गर्न सके अवसर र चुनौती दुवै रहेको बताउनुभयो ।
नगरपालिकाले रेसुङ्गा नगरपालिकाका वडा नम्बर १ देखि १४ सम्मका वास्तविक कृषकलाई आवश्यक कृषि सामग्री वितरण गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्