स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवा स्थित हुलाकी सडक खण्डमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–९ का ४५ वर्षीय देवनारायण पण्डित रहेका छन् ।
बीआर ०५ एच ५७४८ नम्बरको स्कार्पिओले बीआर ३० एए ४७०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पण्डित गम्भीर घाइते भएका थिए । उनलाई राति नै थप उपचारका लागि काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ५० वर्षीय रामानन्द महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।
स्कार्पियो र चालक रौतहटको माधवनारायण न.पा.५ बस्ने २३ वर्षीय बच्चा कुमार साहलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको प्रहरी प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्