श्रीलङ्कामा बाढीको उच्च चेतावनी जारी
कोलम्बो । श्रीलङ्काका अधिकारीहरूले आइतबार विभिन्न जिल्ला र प्रान्तहरूमा पहिरो र बाढी आउन सक्ने चेतावनी जारी गरेका छन् ।
राष्ट्रिय निर्माण तथा अनुसन्धान सङ्गठन (एनबीआरओ) ले बाडुल्ला, क्यान्डी, कुरुनेगाला र मटाले जिल्लाका लागि सोमबार बिहानसम्म पहिरोको चेतावनी जारी गरेको छ ।
सिँचाइ विभागले पूर्वी र उत्तर मध्य प्रदेशका तल्लो क्षेत्र विशेषगरी महावेली नदी बेसिनका लागि बाढीको चेतावनी जारी गरेको छ । नदीका खोला क्षेत्रमा भारी वर्षा जारी रहेकाले यो चेतावनी मङ्गलबार बिहानसम्म कायम रहने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उत्तरपूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेकाले आगामी दिनमा पनि वर्षा हुने सम्भावना रहेको छ । रासस
प्रतिक्रिया राख्नुहोस्