तपाईँ सुन्दै हुनुहुन्छः

पौवादुङमा आमन्त्रित गोल्डकप : आयोजक टिम सेमिफाइनलमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रे रङ्गशालामा जारी दोस्रो आमन्त्रित गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा धरानको अलस्टार फुटबल क्लबलाई हराउँदै आयोजक पौवादुङमा खेलकुद बिकास समिति(बि) सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटर फाइनल तर्फको खेलमा धरानको अलस्टार फुटबल क्लबलाई शून्यका विरुद्ध तीन गोलले हराउँदै आयोजक पौवादुङमा खेलकुद बिकास समिति(बि) सेमिफाइनलमा पुगेको हो । जितका लागि आयोजकका तर्फबाट जर्सी नम्बर १७ का जीवन राई, जर्सी नम्बर ११ का मिलन चाम्लिङ राई र जर्सी नम्बर १० का समिर राईले गोल गरेका थिए ।

गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ ९ गते हुने छ ।

गत वर्षबाट सुरु प्रतियोगिता अन्तर्गत दोस्रो संस्करणका रुपमा सञ्चालन भई रहेको प्रतियोगितामा नेपाली सेनाको श्री नयाँ श्रीनाथ गण, प्रदेश प्रहरी कार्यालय विराटनगर, आम्तेक ११ फुटबल क्लब, पौवादुङमा खेलकुद बिकास समिति(क), छथर गाउँपालिका तेह्रथुम, कोट कालिका फुटबल क्लब, अरुण गाउँपालिका, राजगढ फुटबल क्लब बाह्रदर्शी गाउँपालिका झापा, मोर्डन एरा फुटबल एशोसियन विराटनगर, तिवारी भञ्ज्याङ फुटबल क्लब, टेम्केमैयुङ गाउँपालिका, देउराली फुटबल क्लब, अलस्टार फुटबल क्लब धरान र पौवादुङमा खेलकुद बिकास समिति (बि) गरी १४ टिमले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button