सभामुखद्वारा पूर्वाधार विकास, कृषि र पर्यटन प्रवर्द्धनका लागि सहयोगको प्रतिबद्धता
रामेछाप । सभामुख देवराज घिमिरेले पूर्वाधार विकास, कृषि र पर्यटन प्रवर्द्धनका लागि सदैव सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ ।
आज मन्थलीमा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखाले आयोजना गरिएको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले जिल्लावासीले राखेका आशा, अपेक्षा र चाहना पूरा गर्न आफू सदैव सकारात्मक रहेको बताउनुभयो । सभामुख घिमिरेले जिल्लाको विकासका लागि स्थानीय तहको पहल नपुगेको भन्दै सर्वप्रथम स्थानीय सरकार अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठान जिल्ला शाखाका संयोजक पुरुषोत्तम घिमिरेको अध्यक्षता एवं सभामुख घिमिरेको प्रमुख आतिथ्यतामा प्रथम जिल्ला अधिवेशनका सम्पन्न भएको हो । सो अवसरमा पञ्चेबाजासहितको र्यालीले मन्थली बजार परिक्रमा गरी स्थानीय तीनलाल पार्कमा पुगी सभामा परिणत भएको थियो ।
अधिवेशनले नवीन घिमिरेको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । प्रतिष्ठानको नयाँ कार्यसमितिमा उपाध्यक्ष द्वय अञ्जु घिमिरे (महिला) र दामोदर घिमिरे (खुल्ला), सचिवमा सुन्दर घिमिरे र सहसचिव वेदकुमार घिमिरे, कोषाध्यक्षमा सुन्दर घिमिरेका साथै सदस्यहरूमा विनोद घिमिरे, दुर्गाबहादुर घिमिरे, रञ्जु घिमिरे, अप्सरा घिमिरे, सिवजी घिमिरे, डेरदेव घिमिरे, सरस्वती घिमिरे, विनोद घिमिरे, रञ्जु घिमिरे, द्रोण घिमिरे र यशोदा घिमिरे चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष घिमिरेले राससलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्