तपाईँ सुन्दै हुनुहुन्छः

रेसुङ्गामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिकाले अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ । छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले शुभारम्भ गर्नुभएको हो ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले खेलकुद र यसको विकासका लागि नगरपालिकाले आवश्यक काम गरेको बताउनुभयो । खेलकुदले अनुशासनमा बस्न सिकाउने र स्वस्थ राख्ने भएकाले मानव जीवनका लागि खेलको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले खेलको माध्यमबाट राष्ट्र चिनाउने हुँदा खेलको महत्व धेरै रहेको बताउनुभयो ।

चिदिचौर खेल मैदानमा १७ विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ । खेल माघ ७ गते सम्म चल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button