लुम्बिनी प्रदेशले माघ २ गते सार्वजनिक बिदा दिने
दाङ । लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।
माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक बर्ष सार्वजनिक बिदा दिँदै आएको हो । यस बर्ष पनि माघे सङ्क्रान्ति तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसरमा सार्वजनिक बिदा निर्णय गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्