तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय उत्पादनको अभावमा मुगुमा भारतीय तरकारी र फलफूल 

मुगु । स्थानीय उत्पादनको अभाव हुँदा नेपालको हिमाली जिल्ला मुगु समेत भारतीय तरकारी र फलफूलमा निर्भर हुन परेको छ । स्थानीय उत्पादनको अभाव र सहज आयातको कारणले मुगुमा भारतबाट आयातको तीव्रता बढेको हो । 

भारतबाट ल्याइएका आलु, प्याज, टमाटर,  लसुन ,अनार, भिन्टी,  हरियो सुखो खुर्सानी सुन्तला केरा लगायतका तरकारी तथा फलफूलहरू बजारमा धेरै बिक्री  हुने र माग पनि धेरै  हुने गरेको  फलफूल तथा तरकारी  व्यापारी जुनतारा शाही ले बताउनु भयो ।  

यो मौसममा मुगुमा हरियो सागपात बन्दा, गाँजर बाहेक अरू तरकारी नपाइने पनि शाहीले बताउनु भयो ।

मुगुमा  हिउँदे सिजनमा  हरियो साग, बन्दा  बाहेक अन्य तरकारी  उत्पादन नहुने भएपछि भारतीय तरकारीको माग बढेको बताइएको छ । स्थानीय बजारमा भारतीय तरकारीको बिक्री वितरणले स्थानीय किसान र उत्पादकमा चुनौती सिर्जना गरेको छ । कृषि जन्य बस्तुहरूको उत्पादनमा वृद्धि  गर्न र बाहिरी तरकारीको  आयत र  उपभोगलाई  निरुत्साहित गर्ने तथा स्थानीय कृषकहरूको  उत्पादनलाई  बढवादिन स्थानीय सरकार र किसानहरू मिलेर  काम गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button