तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा समिति बैठक: दशरथ चन्द विश्वविद्यालय विधेयकमाथि संशोधनकर्ताको सुझाव

काठमाडौँ ।प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले  शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ । । 

सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरु रघुजी पन्त, प्रेम सवाल, शेरबहादुर कुँवर, डाक्टर चन्द्र भण्डारी, डाक्टर तोषिमा कार्कीलगायतले विश्वविद्यालयमा कुलपतिको सट्टा स्वास्थ्य विज्ञलाई  कार्यकारी अध्यक्ष बनाउनुपर्ने, विधेयकमा उल्लेख गरिएको सहकुलपतिको व्यवस्था हटाउनुपर्ने र सर्वसाधारणलाई सर्वसुलभ शुल्कमा चिकित्सा शिक्षा अध्ययन गर्न पाउने कुरा उल्लेख गर्नुपर्ने सुुझाब पेश गर्नुभयो । 

विश्वविद्यालय कैलालीको गोदावरी नगरपालिकामा रहने हुँदा उक्त नगरपालिकालाई संरक्षकका रुपमा विधेयमा समेट्नुपर्ने, विश्वविद्यालयले सम्बन्धन दिने कुरा प्रबन्धनात्मक बनाउन नहुने र चिकित्सा शिक्षा उत्तीर्ण हुन ६० प्रतिशत अङ्क ल्याउनुपर्ने प्रावधानसमेत राखेर विधेयक संशोधन गर्न सुुझाब दिनुभयो । 

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले  शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सबैको सहमतिमा  अघि बढेकाले यसलाई तत्काल टुङ्ग्याउन समितिलाई आग्रह गर्नुभयो । 

मन्त्री भट्टराईले विश्वविद्यालय तहको शिक्षा सुधारका लागि सरकारले प्रदेशहरूमा छलफल र सहकार्य गर्दै आएको पनि बैठकलाई जानकारी गराउनुभयो । 

बैठकमा मन्त्री भट्टराईले नेपालगन्ज मेडिकल कलेजको पछिल्लो समस्या समाधान गर्न आजै मन्त्रालयमा छलफल गरिने र छलफलबाट समाधान खोजिने प्रतिबद्धता जनाउनुभयो । 

समितिको आजको बैठकमा विद्यालय शिक्षा सुधार अभियानका अभियान्ता नेत्र चापागाईँले विद्यालय शिक्षा सुधारका लागि १५ बुँदे सुुझाब प्रस्तुत गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button