तपाईँ सुन्दै हुनुहुन्छः

अल्लोका कपडा बेचेर आयआर्जनमा जुट्दै गुल्मीका महिला (भिडियो)

गुल्मी । गुल्मीलगायत पहाडी जिल्लामा अल्लो अर्थात् सिस्नुको कपडा बनाउने चलन पुरानै हो । पछिल्लो समय यहाँका महिलाहरूले व्यावसायिक रुपमा अल्लोका कपडा बेचेर आय आर्जन गर्दै आएका छन् । 

गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेमा अल्लोका कपडा बुन्ने र बेच्ने पुरानै रीतिरिवाज हो । ग्रामीण क्षेत्रमा यत्तिकै खेर जाने सिस्नुका कपडा बनाउन महिलाहरूलाई राज्यले प्रेरित गरेसँगै उनीहरूले व्यावसायिक रुपमा सिस्नुका कपडा बनाउदै आएका छन् । 

८ वर्षदेखि भार्सेमा लघु उद्यमको लागि साझा सुविधा केन्द्र स्थापना गरेर अहिले १४ जना महिलाले अल्लोबाट टोपी, गलबन्दी, सल, कोट र मजा बनाउँदै आएका छन् । औसत एक मिटर कपडालाई एक हजार रुपैयाँमा बिक्री हुने इन्द्रकला काउचा बताउनुहुन्छ ।

सिस्नुलाई टिपेपछि सुकाउने, धुने र पकाएपछि कपडा बुन्न सुरु गरिन्छ । फुर्सदको समय मिलाएर कपडा बुनेर पनि आय आर्जन गरिरहेको रामकुमारी दर्लामी बताउनुहुन्छ । 

यहाँ उत्पादन भएको अल्लोको कपडा गुल्मीसहित छिमेकी जिल्लामा समेत निर्यात हुने गर्दछ ।

यहाँका महिलालाई रोजगारीसँग जोडन सत्यवती गाउँपालिकासँगै घरेलु तथा साना उद्योग कार्यालय र तत्कालीन जिल्ला विकास समिति गुल्मीले विभिन्न कार्यक्रम गर्दै आए पनि नयाँ पुस्ताले यसतर्फ चासो नदिँदा अल्लोको कपडा हराउँदै जान थालेको पुराना पुस्ताकी टेनचना थापाको गुनासो छ । 

नयाँ पुस्तालाई अल्लोतर्फ आकर्षित गर्न तालिम, ज्ञान सीप र बजारीकरणको पूर्ण ग्यारेन्टी सत्यवती गाउँपालिकाले गरिरहेको अध्यक्ष टिकाराम पाण्डेले बताउनुभयो । 

गाउँमै प्रशस्त अल्लो बजारीकरणको राम्रो व्यवस्था भएको हुँदा यहाँका स्थानीयलाई थप जागरूक गराई व्यवसायीक बनाउन सके खेर गएको अल्लो नै आम्दानीको मुख्य स्रोत बन्न सक्छ । 

अल्लोका कपडा बेचेर आयआर्जनमा जुट्दै गुल्मीका महिला (भिडियो):

प्रतिक्रिया राख्नुहोस्

Back to top button