तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वी सीमाबाट निसान पदयात्राको शुभारम्भ

इलाम । सुगौली सन्धिपछि नेपाली सेनाले प्रयोग गरेको ऐतिहासिक निशान पदमार्ग पदयात्रा, २०८१ इतिहास संरक्षण र जिल्लाको पर्यटन प्रवर्द्धनका लागि निसान पदयात्रा आजबाट सुरु भएको छ । नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्र मेची बजार तीन ब्लकबाट पदयात्रा सुरु गरिएको हो ।

आज सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले इलाम नगरपालिका प्रमुख केदार थापालाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेर शुभारम्भ गर्नुभयो पदयात्रा पूर्वी सीमाबाट सुरु भएर पुस २६ गते इलाम नगरपालिकामा समापन हुनेछ ।

नेपाल एकीकरणताका तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखेका स्थानहरूलाई जोडेर तयार गरिएको निसान पदमार्गमा पदयात्रा आयोजना गरिएको हो र पूर्वी सिमानाबाट हिँडेको पदयात्रा आज बेलुका करफोकको पूर्णैडाँडा आइपुग्ने छ । भोलि पूर्णैडाँडामा औपचारिक उद्घाटन गरेर नामसालिङको हात्तीटारसम्म आउने इलाम नगरपालिका ८ का वडा अध्यक्ष नरेश श्रेष्ठले बताउनुभयो ।

२६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माई बेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम सदरमुकामस्थित माई स्थानमा आएर समापन हुने सेनापति प्रह्लाद घलेले जानकारी दिनुभयो ।

पदयात्रामा जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी लगायत करिब एक सय जना रहेको छ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका बेला पूर्वी सिमाना टिस्टा नजिक नागरिगडीबाट फर्काइएका निसान करफोकको पूर्णेडाँडामा ल्याएर राखिएको इतिहास छ । त्यसपछि सुरक्षाको कारण देखाउँदै नामसालिङको हात्तीटार ल्याइएको र पछि इलाम सदरमुकाम भएपछि सदरमुकामस्थित माई थानमा ल्याइएको इतिहास रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button