तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा खुल्ला कौराहा प्रतियोगिता हुने

चितवन । नेपाल मगर सांस्कृतिक संघ चितवनले १२८ औँ मगर दिवसको अवसरमा खुल्ला कौराहा प्रतियोगिता आयोजना गर्ने भएको छ।

माघ २० गते भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा प्रतियोगिता हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यस प्रतियोगितामा सहभागीहरूलाई मगर समुदायको कला, भाषा, र संस्कृतिलाई उजागर गर्ने अवसर प्रदान गरिने संघका चितवन जिल्ला अध्यक्ष प्रेमकुमारी आले मगरले बत्ताउनुभयो  ।

कौराहा अर्थात् कानराहा प्रतियोगितामा प्रथम हुनेलाई रु.३४,०००, दोस्रो हुनेलाई रु.२०,०००, तेस्रो हुनेलाई रु.१०,०००, र सान्त्वना पुरस्कार स्वरूप रु.४,००० प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले रु.१,००० दर्ता शुल्क बुझाउनुपर्नेछ।

प्रतियोगिता मात्र नभई कार्यक्रममा मगर समुदायको परम्परागत भेषभूषा, मगर खानाको प्रदर्शनी, र मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति पनि समावेश गरिनेछ। नेपाल मगर सांस्कृतिक नेपाल मगर सांस्कृतिक संघले मगर धर्म, परम्परा, र संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तामा यसको महत्त्व फैलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ । सङ्घले विज्ञप्ति मार्फत मगर समुदायसहित अन्य सांस्कृतिक प्रेमीहरूलाई कार्यक्रममा सहभागी भई मगर पहिचानको सम्मान र प्रचारप्रसारमा साथ दिन आह्वान गरेको छङ्घले मगर धर्म, परम्परा, र संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तामा यसको महत्त्व फैलाउने उद्देश्यले यो  कार्यक्रम आयोजना गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button