डिउटीमा खटाइएका प्रहरी सहायक हवल्दारको मृत्यु
डोटी। डोटीमा डिउटीमा खटाइएका एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यरत डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका ५ का प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
कार्यालय डिउटीमा खटाइएका पालिको एक्कासी छाती दुखेर बेहोस हुँदा उपचारको लागि तत्काल स्थानीय बिपिनगर पोलिक्लिनकमा सामान्य चेकजाँच पश्चात् थप उपचारको लागि बिहान ४ बजे धनगढी रेफर गरिएको थियो ।
बिहान ६ : ४० बजेको समयमा सेती प्रादेशिक अस्पताल धनगढीमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्