तपाईँ सुन्दै हुनुहुन्छः

शीतलहरबाट मधेशको जनजीवन प्रभावित

जनकपुरधाम । चिसो हावासँगै बिहानदेखि चलेको शीतलहरका कारण मधेश प्रदेशका गरिब तथा विपन्न वर्गका मानिस प्रभावित भएका छन् ।

बिहानदेखि पश्चिम तथा दक्षिणबाट चलेको चिसो हावाका कारण चिसो निकै बढेको छ । चिसोबाट जोगिनका लागि सर्वसाधारणले ठाउँ ठाउँमा आगो बालेर तापेको देखिन्छ ।

अत्यधिक चिसो भएपछि गरिब तथा विपन्न वर्गका व्यक्ति, ज्येष्ठ नागरिक, दम, हाडजोर्नीका समस्या भएका व्यक्ति, अशक्त तथा बिरामी बढी मारमा परेका छन् ।

यसै गरि रुघाखोकी तथा कोल्ड डायरियाका अस्पतालमा आउने बिरामीको सङ्ख्या पनि बढेको छ ।

घाम नलागेका कारण जनकपुर विमानस्थलमा एउटा पनि उडान हुन सकेको छैन ।

चिसोबाट मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सप्तरी जिल्लाको जनजीवन बढी प्रभावित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button