तपाईँ सुन्दै हुनुहुन्छः

प्रचार प्रसारको अभावले मुगुको ‘बिसे र दुधे’ ताल ओझेलमा

मुगु । मुगुको गमगढी बजारबाट करिब १ दिनको पैदल दूरीमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका वडा नं ८ माग्रीको लेक क्षेत्रमा रहेका बिसे र दुधे ताल ओझेलमा परेका छन् ।

हाल सम्म कुनै पनि  माध्यमबाट  प्रचारप्रसारमा नआउँदा उक्त तालहरू ओझेलमा परेका  हुन् ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यी तालहरू पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने सम्भावना भए पनि, सम्बन्धित निकायको  ध्यान नपुगेका कारण यिनीहरूको पहिचान सङ्कटमा परेको स्थानीयवासी बताउँछन्।

माग्री गाउँबाट  पैदल बाट करिब ३ देखि ४ घण्टाको दुरीमा  पुगिने यी तालहरू  केही बर्ष पहिला करिब  सातवटा दुधे दह र २० वटा  बिसे  रहेको र   हाल जलवायु परिवर्तनको असरले हाल ४ वटा बाहेक सबै सुकिसकेको स्थानीय समाजसेवी  सोनाम लामाले  बताउनु भयो ।  केही बर्ष पहिले  लेकमा गुहालो लाग्दा  धेरै दहहरू थिए । तर आज भोली कमै मात्र छन् । ” समाजसेवी  लामाका अनुसार  ताल  भएको क्षेत्र  अत्यन्तै रमणीय र शान्त  अनुपम उपहार  जस्तो देखिने  गरेको छ । उक्त क्षेत्र बाट गम भ्याली, रारा तालको पुरै आकृति र  सुन्दर हिम शृङ्खलाहरू अवलोकन गर्न सकिन्छ । ” यस क्षेत्रको प्रचार प्रसार हुन सकेको खण्डमा  पर्यटन विकासले स्थानीय स्तरमा रोजगारी सृजना हुन सक्ने अपेक्षा गरिएको छ । दूर दराजको अनकन्टार ठाउँमा रहेका यी दुधे र बिसे तालको  सही व्यवस्थापन उचित प्रचार प्रसार भएमा पर्यटन विकासका लागि यी तालहरू महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button