तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पबाट सङ्खुवासभाकाे एउटा घरमा क्षति

किमाथाङ्का (सङ्खुवासभा) । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेटमा गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा एउटा घर भत्किएको छ । 

भूकम्पबाट स्थानीय तेन्छेवी शेर्पाको घरमा क्षति पुगेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो । जस्तापाताले छाएको शेर्पाको दुई तले ढुङ्गाको घरमा चिरा परेको उहाँले बताउनुभयो । शेर्पाको घरमा सात जनाको परिवार बस्दै आएको थियो । उनीहरू भने सकुशल रहेका छन् । 

भूकम्पबाट जिल्लामा मानवीय क्षति भने नभएको प्रजिअ खड्काले बताउनुभयो । क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button