तपाईँ सुन्दै हुनुहुन्छः

माघ दोस्रो सातादेखि दौड प्रतियोगिताकाे आयोजना हुने 

काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता आयोजना हुने भएको छ । 


नेपाल भेटेरिनरी एशोसिएसनले आगामी माघ १२ गते काठमाडौँमा आयोजना गर्न लागेको चौथो संस्करणको राइट टु प्रोटिन रनसम्बन्धमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी दिँदै कार्यक्रम संयोजक डा सितलकाजी श्रेष्ठ ।

आगामी माघ १२ गतेदेखि हुने उक्त दौड प्रतियोगितामा खुला महिला तथा पुरुष हाफ म्याराथन, पुरुषतर्फ १० किमी दौड, महिलातर्फ पाँच किमी दौड तथा कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमी र तीन किमी दौड तथा फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचियर दौड (महिला तथा पुरुष) र बालबालिकाका लागि ‘रन फर फन’ विधा समावेश गरिएको आयोजक संस्थाका संयोजक डा सितलकाजी श्रेष्ठले आज यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

प्रतियोगितामा हाफ म्याराथनतर्फ विजेता  महिला तथा पुरुष खेलाडीले जनही रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । दोस्रो स्थान हासिल गर्ने खेलाडीले रु एक लाख, तेस्रोले रु ७० हजार, चौथोले रु ५० हजार तथा पाँचौँ हुने खेलाडीले रु ३० हजार पुरस्कार प्राप्त गर्नेछन् । दश किमी दौडमा पहिलो हुने खेलाडीले रु ५० हजार, दोस्रोले रु ४० हजार, तेस्रोले रु ३० हजार, चौथोले रु २० हजार र पाँचौँ हुने खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्ने  छन् । 


नेपाल भेटेरिनरी एशोसिएसनले आगामी माघ १२ गते काठमाडौँमा आयोजना गर्न लागेको चौथो संस्करणको राइट टु प्रोटिन रनसम्बन्धमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा धारणा राख्दै अघिल्लो संस्करणका विजेता सन्तोषी श्रेष्ठ ।

यस्तै पाँच किमी दौडमा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः रु ३० हजार, रु २० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार पाउनेछन् । तीन किमी दौडमा पहिलो हुने खेलाडीले रु २० हजार, दोस्रोले रु १५ हजार, तेस्रोले रु १० हजार, चौथोले रु पाँच हजार र पाँचौँ स्थान हासिल गर्ने खेलाडीले रु दुई हजार पाँच सय पाउनेछन् ।

ह्विलचियरतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले ३० हजार पाउनेछन् भने दोस्रो हुने खेलाडीले रु २० हजार पाउनेछ । त्यसैगरी तेस्रो हुने खेलाडीले रु १५ हजार, चौथोले १० हजार र पाँचौँ हुने खेलाडीले रु पाँच हजार पाउनेछन् । उक्त प्रतियोगिताको गत वर्षको हाफ म्याराथनको महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारीले स्वर्ण पदक जितेका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button