तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको बैठक: केन्द्रिय सदस्यहरुले बोल्नेक्रम जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैठौं पूर्ण बैठकमा दोस्रो दिनको छलफल सुरु भएको छ ।
काठमाडौंमा जारी बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि उहाँले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको छ ।

छलफलका लागि केन्द्रीय सदस्यहरुलाई तीन–तीन मिनेटको समय छुट्याइएको छ । छलफलमा भाग लिन इच्छुक केन्द्रीय सदस्यहरुलाई नाम टिपाउँदै बोल्न दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button