पाँच-पोखरीमा कानुन निर्माण र कार्यान्वयनसम्बन्धी छलफल
सिन्धुपाल्चोक । बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षाबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम पाँचपोखरी थाङपाल गाउँपालिकामा आइतबार सम्पन्न भएको छ । बागमती प्रदेश सभा सचिवालयको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गर्नुहुँदै सभामुख भुवनकुमार पाठकले कानुनको सही कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको र यसमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। यस्तै बागमती प्रदेशकी उपसभामुख अपसरा चापागाईँले बागमती प्रदेशको कानुनका बारेमा सबैले जानकारी राख्नुपर्ने बताउनुभयो । छलफलका क्रममा गाउँपालिका अध्यक्ष टासी लामाले प्रदेशले बनाएका कतिपय कानुन कार्यान्वयनमा जटिलता देखिएकाले समयानुकूल संशोधन गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संविधान र कानूनी प्रक्रियाको महत्त्वलाई रेखाङ्कित गर्दै कानूनी सुधारका लागि थप छलफलको आवश्यकता रहेको बताउनुभयो । बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले प्रदेशले निर्माण गरेका कानुन र कार्यान्वयनको अवस्था बारे जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्