चितवनमा आजबाट जलपंछीको गणना सुरु
आज राप्ती नदी र दिव्यनगर फार्म क्षेत्रमा हुने
चितवन। चितवनमा आजबाट जलपंछीको गणना सुरु भएको छ । ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्छीहरूको सङ्ख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन हरेक वर्ष जनवरी महिनाको पहिलो शनिवारबाट जलपन्छी गणना सुरु हुन्छ।
चितवनमा भने (आज) सोमबारदेखि सुरु हुन लागेको हो। गणना जनवरी १९ सम्म सञ्चालन हुनेछ। यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइसराई गर्ने चराहरूको तथ्याङ्क सङ्कलन गरिने नेपाल पन्छीविद् हठन चौधरीले जानकारी दिनुभयो ।
आज चितवनको राप्ती नदी र दिव्यनगर फार्म क्षेत्रमा पंछीको गणना गरिनेछ। मङ्गलवार भोली माडी क्षेत्रमा गणना गरिने मध्य चितवन जलपंछी गणनाका संयोजक मनेष लिम्बुले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्