तपाईँ सुन्दै हुनुहुन्छः

पुलिसद्वारा आर्मी क्लब पराजित

काठमाडौँ । नेपाल पुलिस क्लबले एन्फा यु–१६ युथ लिगअन्तर्गत आइतबार सम्पन्न विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध ७–० गोलको सानदार जित दर्ता गरेको छ ।

दुवै टोलीको यो पहिलो खेल हो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा पुलिसलाई जित दिलाउन कप्तान समीर राईले ह्याट्रिक पूरा गरे । यसैगरी रिजनराज गौतमले दुई तथा सविन मगर र समीर कुमारले समान एक गोल थपे । आइतबारै सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई २–० ले पराजित गर्‍यो ।

एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग)को विभागीय डर्बी गोलरहित बराबरीमा समाप्त भएको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । यस्तै पहिलो हाफमा पुलिसको गोलले मान्यता पाएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button