सुनछहरी गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता सम्पन्न
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुनछहरी गाउँपालिका ४ स्युरी प्रतियोगितामा प्रथम भएको छ ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय स्यूरी, रोल्पाको व्यवस्थापनमा २०८१ पौष महिनाको १७ गतेदेखि २१ गतेसम्म सञ्चालित छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र ३ कास्यसहित १६ पदक प्राप्त गरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय स्यूरी प्रथम भएको हो ।

७ स्वर्ण, ५ रजत र २ कास्यसहित १४ पदक प्राप्त गरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फगाम दोस्रो भयो । त्यसैगरी ६ स्वर्ण, ३ रजत र ४ कास्यसहित १३ पदक प्राप्त गरी सरस्वती माध्यमिक विद्यालय घुस्बाङ तेस्रो भएको छ ।
प्रतियोगितामा ९ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया राख्नुहोस्