तपाईँ सुन्दै हुनुहुन्छः

नेता पोखरेलको ‘आमा, सपना र ताराहरू’ को  लोकार्पण

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित संस्मरणात्मक पुस्तक ‘आमा, सपना र ताराहरू’ को  लोकार्पण गर्नुभएको छ ।

साङ्ग्रिला बुक्सद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले संसारमा आमासँग सम्बन्धित विषय जति शब्दमा व्यक्त गरे पनि अपूरो हुने बताउँदै आर्थिक र सामाजिक कठिनाइका बाबजुद नेता पोखरेलका आमाले राजनीतिमा एउटा इमानदार नेता जन्माएर हुर्काउनु एउटी आमाको विशिष्ट योगदान भएको उल्लेख गर्नुभयो ।

उहाँले समाज रूपान्तरणमा राजनीति सँगसँगै सांस्कृतिक र साहित्यिक रचनाले पनि उल्लेख्य भूमिका खेल्ने बताउनुभयो । 

समारोहमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमासम्बन्धी हृदय विदारक विषयहरू उल्लेख गरेर लेखिएको कृति राजनीतिमा एउटा नायकको उदयको कथा भएको उल्लेख गर्नुभयो ।

नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पुस्तकमा सय वर्ष वरिपरिका सामाजिक, आर्थिक र पारिवारिक स्थितिको चित्रण गरिएको बताउनुभयो । 

लेखक नेता पोखरेलले आफ्ना जीवनमा आमासँगका अनुभूतिलाई कृतिको रूप दिइएको बताउनुभयो । 

कार्यक्रममा समालोचक डा.विन्दु शर्माले उक्त कृतिको समीक्षा गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button