तपाईँ सुन्दै हुनुहुन्छः

तराईका जिल्लामा हुस्सु र सित लहर

oppo_2

सप्तरी । तीन दिनदेखि लगातार चिसो सिरेटो चलेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि सप्तरीसहित तराई मधेसका जिल्लामा जनजीवन प्रभावित भएको छ । बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै सितलहर सुरु भएसँगै चिसो बढेको हो । 

शीत लहरसँगै बढेको चिसोले मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साको जनजीवन प्रभावित भएको छ । 

चिसो र सितलहरले सप्तरीको जनजीवन कष्टकर बनेको छ ।

चिसोबाट बच्चा, वृद्ध र विपन्न परिवारहरू बढी प्रभावित भएका छन् । अत्याधिक चिसोको कारण मानिसहरूलाई घर बाहिर निस्कनसमेत मुस्किल परेको छ ।

विद्यालय, क्याम्पसमा विद्यार्थीको उपस्थिति घटेको छ ।  न्यानो कपडा बिक्रीबाहेक अन्य व्यापार व्यवसायमा मन्दी आउन थालेको कञ्चन रूप –८ का व्यापारी जीवन साह बताउनुहुन्छ । 

ग्रामीण भेगमा खास गरी चिसो छल्न घुर, आगो बालेर तापिरहेका छन् । 

जाडोको कारण तराई मधेशमा बर्षेनी विपन्न परिवारका व्यक्तिहरूको मृत्यु हुँदै आएको छ । चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरूले स्वास्थ्यमा ख्याल गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।  

अहिलेसम्म सप्तरीको कुनै पनि स्थानीय तहले आगो बालेर ताप्नको लागि दाउराको व्यवस्था र न्यानो कपडाको प्रबन्ध नहरेको स्थानीयहरू दुःख ब्यक्त गर्दछन् । चिसोको कारण सप्तरीका विभिन्न पालिकाहरूको जनजीवन कष्टकर बनेको छ । सप्तरीको कञ्चनपुर, फत्तेपुर , राजविराज , भारदह, महुली र रुपनी बजारहरूमा चहलपहल घटेको छ । अत्यधिक जाडोले सवारीसाधनमा यात्रुहरूको चापसमेत घटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button