पाल्पामा जीप दुर्घटना ६ जना घाइते

पाल्पा । पाल्पामा भारतीय स्कारपियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । हिजो बेलुका बगनासकाली गाउँपालिका – ३ आर्यभन्ज्याङ नजिक पोखराबाट बुटवलतर्फ जाँदै गरेको स्कारपियो दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको प्रमुख प्रहरी नायव निरीक्षक रामप्रसाद खनालले जानकारी दिनुभयो ।
बिआर २२ विडी २०२३ नम्बरको भारतीय नम्बर प्लेटको स्कारपियो सडक भन्दा करिब एक सय मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी बिनयी त्रिवेणी गाउँपालिका नवलपरासीका चालक २१ वार्षिय सुमित मिश्र सोही स्थानका २८ वार्षिय दिपनारायण तिवारी , भारत मोतिहारी ४ रघुनाथका १८ वार्षिय अबिजी कुमार, १८ बर्षकै मनु कुमार, सोही स्थानका १८ वार्षिय बिकास कुमार र २१ वार्षिय निखिल कुमार रहेको लुम्बिनी मेडिकल कलेज तानसेनले जनाएको छ ।
दुर्घटनाका घाइतेहरू सबैको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्