प्रतिनिधिसभाका नवनियुक्त सचिव राईले लिनुुभयोे सपथ
पुस । संघीय संसद, प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे समक्ष सभाका नवनियुक्त सचिव राईले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको हो ।

संघीय संसद सचिवालय सिंहदरबारमा आयोजित सपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख र मुख्य सचेतक, सांसद र संसद् सेवाका कर्मचारीलगायतको उपस्थिति थियो ।
सभामुख घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलवार झापाको शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्